नेपाली माटोको कलामा सक्रिय प्रधान

युवामञ्च पुस, २०६७
– केशवराज खनाल

जीवनमा मानिसले खोज्ने सान, मान र दाम भए पनि फरक विचार र जीवन प्रतिको फरक दृष्टिकोण उनीहरूको चाहना पनि फरकै हुन्छ । कोही मानको लालसामा देश विदेश भौतारिरहन्छन् भने कोही राष्ट्रका लागि केही गरौं भनेर लागिपरेका हुन्छन् । यसरी विदेशबाट उच्च शिक्षा लिएर नेपाली माटोमै कलाको उन्नत फूल फुलाउने अभिलाषाका साथ कला क्षेत्रमा सक्रिय रहेका उदयीमान कलाकार हुन् जुपिटर प्रधान ।

वि.सं. २०३४ साल भदौ २२ गते काठमाडौँमा जन्मिनु भएका जुपिटरको कलामा सानैदेखि रुचि थियो र उनी विशेष शिल्प कक्षमा ध्यान दिन्थे । पिता साहित्यकार र हजुरबुवा भुवनलाल प्रधान पनि इतिहासविद् तथा कला मर्मज्ञ भएकाले सानैदेखि यिनमा कला र साहित्यसँग साइनो गास्ने अवसर जुर्‍यो ।

वि.सं. २०५० सालमा एस.एल.सी. उत्तीर्ण गरेपछि इन्जिनियरिङ पढ्ने अभिलाषा बोकेका भए पनि अमृत साइन्स क्याम्पस भर्ना भर्ना हुन पुगे । आˆनो रूचिको विषय पढ्न नपाएकाले विज्ञानमा यिनले राम्रो गर्न नसके पनि उनका चित्रहरू देखेर पिताले यिनलाई कला सिक्न खुबै हौस्याउनु भयो । कला सिक्न भनी सिर्जना कलेज पुगेका जुपिटरलाई त्यहाँ पनि प्रवेश परीक्षा दिनुपर्ने थाहा पाएपछि प्रवेश परीक्षानै नदिई बाहिरिए । बरालिँदै वीरगञ्ज जान तयार भएका बेला पिताकै दवाबमा २०५४ सालमा ललित कलामा क्याम्पसमा भर्ना हुन पुगे ।

क्याम्पस प्रवेश गरे लगतै यिनी विभिन्न कला प्रतियोगितामा कला कार्यशालामा भाग लिन सुरू गरे । केही समय विद्यार्थी राजनीतिमा पनि सक्रिय रहे । प्रमाणपत्र तह पास गरेपछि स्नातकसम्म आइपुग्दा यिनमा कलाका बारेमा मानसिक उथल पुथल सुरू भइरहेको थियो । यिनी परम्परागत भन्दा बेग्लै किसिमले आˆना सिर्जनालाई अगाडि बढाउन चाहान्थे तर क्याम्पसमा उही पुरानै ढर्राको अध्यापन शैलीमा पढ्नुपर्ने बाध्यताले यिनी

निरास हुँदै गए । नयाँ सोच र अध्यापन शैलीका बारेमा बेलाबेलामा यिनको प्राध्यापकसँग बैचारिक बहस नै चल्थ्यो तर पनि विभिन्न समस्याका बाबजुद उनले स्नातक उत्तीर्ण गरे ।

स्नातकपछि स्कुलको व्यवसायमा सरिक हुँदै गर्दा बङ्गलादेशमा सामूहिक कला प्रदर्शनीगर्ने निमन्त्रणा आयो । त्यहाँ उनले विश्वविद्यालय घुम्ने र वातावरण बुझ्ने अवसर मिल्यो । प्रदर्शनीका लागि सँगै गएकी अर्की कलाकार सौरगङ्गा दर्शनधारीको विशेष अनुरोधमा यी दुबै त्यहिकै विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना भए ।

सधैं नयाँ सोच र शैलीमा काम गर्न रूचाउने हुदाँ त्यहाँ यिनले निकै प्रयोग गर्न पाए । विशेष गरी बङ्गलादेशको जीवन शैलीबाट प्रभावित जुपिटरले त्यहीको जीवन शैली र कच्चा सामग्रीलाई नै आˆनो कला प्रस्तुतिको माध्यम बनाए । स्नातकोत्तर तह उत्तीर्ण गरेर नेपाल फकर्ंदा आˆनो साथमा विशिष्ठ श्रेणीको लब्धाङ्क पत्रसहित सर्वोत्कृष्ट भई फर्किए ।

आˆनै देश फर्किएर परफरमेन्स र प्रतिस्थापन कलाका अतिरिक्त भिडियो आर्टमा समेत आफूलाई तिखार्दै लगेका जुपिटर आˆनो कलाबारे यसो भन्छन् “कला-कला मात्र भएर पुग्दैन, कलाले समाजलाई पनि केही दिन सक्नु पर्छ । त्यसैले समाजसँग नजिकिएर आˆनो सोचलाई अगाडि बढाउने भरपर्दो माध्यम परफरमेन्स र प्रतिस्थापनलगायतका कला हुन् ।” यिनको विचारमा कलामा खुसीका साथै समाजका दुःख पीडा आदि देखिनु पर्दछ । कलाले इतिहास बोल्छ त्यसैले पनि वर्तमानलाई स्वणिर्म इतिहास बनाउनु कलाकारको पनि दायित्व हो भन्ने यिनको धारणा रहेको छ ।

यिनको काममा सामाजिक कुरिती, मानवीय व्यवहार र राजनीतिप्रति तीखो प्रहार गरिएको पाइन्छ । चेतना यिनको कलाको केन्द्र विन्दु हो । यिनको कला झट्ट हेर्दा सामान्यझैँ लाग्दछन् तर त्यसको सन्देश निकै गहिरो हुन्छ । त्यसैले सामान्यभन्दा पृथक दृष्टिकोण बनाएर यिनको कला हेर्नुपर्ने हुन्छ । जुपिटरका कलाहरू यथार्थवादी नै हुन्छन् तर त्यसमा चेतनाको मिश्रण अतियथार्थ ढङ्गबाट गरिएको हुन्छ । सौन्दर्य पक्षको उपस्थिति कलाको अर्को महìवपूर्ण पाटो हो ।

अनेकौं पटक सामूहिक र एकल कला प्रदर्शनी गरिसकेका जुपिटरले कलाको सर्वाङ्गीण विकासका लागि ‘स्पेस ए’ नामको संस्था पनि खोलेका छन् । हालैबाट ललितकलामा अध्यापन गराउन सुरू गरेका यिनी नेपाली कला क्षेत्रमा उदाउँदै गरेका नक्षत्र हुन् भन्दा अतिशयोक्ति नहोला । निरन्तर कला क्षेत्रमा लागेर नेपाली कलालाई अन्तर्राष्ट्रिय जगत्मा फैलाउन सफलता पाउनेछन् भन्नेमा जुपिटर प्रधानसँग आशा गर्न सकिन्छ । शुभ

%d bloggers like this: