Kasthamandap’s Journey

Art Exhibition and Presentation by Kasthamandap Art Group

Curated by: Jupiter Pradhan

Venue: Sarwanam theatre, kalikasthan, kathmandu.

Organized by : Sarwanam Theatre
Date : 13 jan 2013, sunday – Feb. 26 2013 (29 poush 2069)

काष्ठमण्डप समूहको कला यात्राको २० वर्ष

-ज्ञानेन्द्र विवश

नेपाली समकालिन युवा कलाकारहरुको संस्थागत रुपमा स्थापित यस काष्ठमण्डप आर्ट स्टूडियो वि.सं.२०४९ फागुन १५ गते स्व. कलाकार प्रशान्त श्रेष्ठको अगुवाईमा शुरु भएको हो । समसामयिक नेपाली कला तथा कलाकारको उत्थानको लागि क्रियाशील रहने र युवा कलाकारहरुलार्ई ललितकला सम्बन्धि अध्ययन, अन्वेषण तथा मोैलिक सिर्जनाको माध्यमबाट विशिष्ट कलाकृति सिर्जना गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित यस कला संस्थाको स्थापना भएको हो ।

संस्थापक सदस्यहरु ः–
स्व.प्रशान्त श्रेष्ठ
प्रदिप कुमार बज्राचार्य (हाल अमेरीका)
एरिना ताम्राकार
प्रमिला बज्राचार्य
भाईराज महर्जन
सुनिला बज्राचार्य (हाल अमेरीका)
विनोद प्रधान
आशा डंगोल

काष्ठमण्डपका विविध क्षेत्रहरुः
१.कला स्टूडियो ९ब्चत क्तगमष्य०
२.कला प्रशिक्षण ९ब्चत भ्मगअबतष्यल०
३.ग्राफिक डिजाइन तथा रेखाचित्र ९न्चबउजष्अ म्भकष्नल ७ क्ष्ििगकतचबतष्यल०
४.ई(आर्टस् नेपाल (अनलाइन आर्ट ग्यालरी) ९भ्( ब्चतक ल्भउब०ि

संस्थापक सदस्यहरुको छोटो परिचयः

प्रशान्त श्रेष्ठ
कलाकार प्रशान्त श्रेष्ठको जन्म सन् १९६८ बुवा गौरीनारायण श्रेष्ठ तथा आमा लक्ष्मी श्रेष्ठको कोखबाट कान्छा छोराको रुपमा सा“खुमा भएको थियो । प्रशान्तको स्कुल जीवन विश्वनिकेतन स्कूलमा वितेको थियो । चित्रहरु बनाउने सिप बुबा गौरीनारायण श्रेष्ठको प्रेरणाबाट भएको थियो । त्यही कारणले चित्रकलाप्रति आकर्षण भएर नै आर.आर.क्याम्पसको अध्ययनपछि ललितकला क्याम्पसमा चित्रकला विषयको अध्ययन गरेका थिए । पछि कलाकार किरण मानन्धरसंगको नजिकताले गर्दा उनका कलामा नौलो आयामहरु थपिएका थिए । सन् १९९४ मा प्रशान्तबाट सामूहिक रुपमा साथीहरुसंग मिलेर युवा कलाकारहरुको सामूहिक प्रदर्शनी ‘ग्रुप ३७’ को आयोजना गरेका थिए । सामुहिकतामा विश्वास राख्ने प्रशान्तले यही साल कडा मिहेनतपछि आप्mना सहकर्मीहरुसंग मिलेर काष्ठमण्डप आर्ट स्टुडियोको शुरुवाट गरेका थिए ।

समसामयिक नेपाली कलाको इतिहासमा युवा कलाकार प्रशान्त श्रेष्ठको नाम प्रतिभाशाली, सिर्जनशील एवम् लगनशील कलाकारको रुपमा अंकित रहेको छ । नेपाली कलाको आकाशमा एक अत्यन्तै चहकिलो ताराका रुपमा उनको उदय भयो । तर नियतिको खेल कलकलाउदो बैंसमा नै उनको अवसान भयो । आप्mनो भौतिक जीवनको असाध्यै छोटो अवधिमा समसामयिक नेपाली कला जगतलाई उनले असंख्य कलाकृति छाडेर गएका छन् । यसरी जीवनको अल्पायुमा नै दिवङ्गत भएका युवा कलाकार प्रशान्त श्रेष्ठको नामलाई कसरी चिरस्थायी बनाउन सकिन्छ भन्ने सोचाइ लिएर विधिवत रुपमा २०६० सालमा प्रशान्त स्मृति समाजको गठन भयो । प्रशान्त स्मृति समाजको मूल उद्देश्य प्रतिभासम्पन्न उदीयमान कलाकारहरूलाई यथोचित प्रोत्साहन दिनु रहेको छ । सोही उद्देश्यअनुरूप ललितकला विषयमा सर्वाधिक अङ्क प्राप्त गरी उत्तीर्ण भएका विद्यार्थीहरूलाई यस संस्थाबाट प्रशान्त छात्रवृत्ति प्रदान गरि“दै आएको छ

प्रदीप कुमार बज्राचार्य
कलाकार प्रदीप बज्राचार्यको कलामा आफ्नै किसिमको शैलीगत उठान छ । तिनले हाम्रै लोकजीवन, संस्कृति र समाजका यावत सन्दर्भहरूलाई अर्धअमूर्त कलाका माध्यमबाट प्रस्तुत गर्दै आएका छन् । विशेषतः उपत्यकाका जात्रापर्व, मठमन्दिर नै उनका सिर्जनाका खास विषय बन्दै आएका छन् । तिनमा देखिने रेखा र रङको स्पष्ट प्रयोगले उनको सिर्जन क्षमतालाई दर्शाउँदछ । काँचो रङको प्रयोगमा पनि पाकोपन उनको विशेषता मान्न सकिन्छ । कडा रङभित्र पनि शीतलता र शान्तिपूर्ण अनुभूति गराउनु अनि नेपाली पहिचानलाई मूर्तता प्रदान गर्नु उनको कलाकर्मको ध्येय हो । २०५९ सालमा भएको उनका कलाप्रदर्शनीले कलामा नेपाली संस्कृतिको चोखो अभिव्यक्ति प्रकट गरेको थियो ।
कलाकार प्रदीप जात्रैजात्राको सहर अर्थात् काठमाडौंमा जन्मिए २०२८ सालमा । हरदिन जात्रामय क्षढालाई हेर्दाहेर्दै उनीभित्र यसप्रति आस्था र अनुराग बढ्यो । अन्ततः उनले आफ्ना सिर्जनका विषयसमेत यसैलाई पार्न थाले । उनले ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका छन् भने परोपकार आदर्श स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । केही वर्षदेखि उनी नेपाली कलासंसारबाट अलग्गिएका छन् । उनी अहिले विदेशी भूमिमा जीवनको यात्रा हिँडिरहेका छन् ।
समयको बदलावसँगै परम्परागत जात्रा फितलो हुँदै गएको अनुभव उनीसँग छ । विद्यार्थी छँदै केही उत्साही युवासँग मिलेर काष्ठमण्डप आर्ट ग्रुपको स्थापना गरेपछि उनले परम्परालाई त्यागिहाल्नु हुन्न भन्ने सोचे । बरु यसमा परिमार्जन गर्दै कलात्मक सुन्दरताले सजाउनु पर्छ । यो हाम्रो गौरवमय अतीतको जीवित दस्तावेज हुन सक्दछ । त्यसपछि नै हो उनी उपत्यकामा मनाउने जात्राको अध्ययन गर्दै त्यहीमाथि कलासिर्जना गर्ने अभियानमा जुटेको ।
बुद्ध ग्यालरी, ठमेलमा २०६१ सालमा फेस्टिब इमेज नामक कलाप्रदर्शनीमा उनले काठमाडौं, ललितपुर र भक्तपुरमा मनाइने अनेकौ जात्राबारे कलाकृति राखेका थिए । ती चित्रका साथ उपत्यकाका गल्ली, मठमन्दिर तथा जनजीवनका दृश्यहरूलाई पनि उनका कुचीले आकृतिवद्ध गरेको थियो । त्यहाँ हाकु पटासीमा सजिएका महिला, बाजा बजाइरहेका, नाचिरहेका पुरुषको रौनक पनि आकर्षक देखिन्थे ।
कलाकार प्रदीपका कलामा कतै बिस्केटको रौनक त कतै इन्द्रजात्राका झाँकी झल्किन्छन् । उनले कलामा जीवन्त सांस्कृतिक प्रतिविम्बको सुन्दर संसार क्यानभासमा निर्माण गर्दै आएका छन् । नयाँ पुस्तालाई संस्कृति बचाउन र प्रवद्र्धधनका लागि आफूले यस किसिमका कलाकारितालाई श्रृङ्खलावद्ध रूपमा काम गर्दै आइरहेको उनी बताउँछन् । कलाकार प्रदीपले मूलतः समाजलाई थोरै भए पनि सांस्कृतिक सन्देश दिन चाहेका छन् । उनी चित्रकलाका माध्यमबाट शान्त, शीतल र सुन्दर व्यक्ति, समाज अनि राष्ट्रको परिकल्पना र चाहनामा प्रतिबद्ध छन् । उनका हरेक कला यही मान्यतामा मग्न छन् ।
बिहान, दिउँसो र बेलुका गरी तीन फरक समयका क्षणलाई उनले रङमा परिभाषित गरेका छन् । यसरी प्रकृति र समयका गतिशील अवस्थालाई उनले समातेर आफ्नो अनुकूल सिर्जनामा आकार दिएका छन् । यो उनको अभ्यास पनि हो । साथै कलायात्राको सार्थक चिनारी पनि हो । यिनै सन्दर्भमा उतारिएका कलाकृतिमा पछिल्लो समय मुलुकले बेहोरिरहेको द्वन्द्वसमेत झल्काइएको छ ।
द्वन्द्वका कारण गाउँबाट थुप्रै संस्कृति लोप हुँदै गएका छन् । समाजले नराम्रो पीडा र प्रताडना भोग्नु परेको छ । कति महिलाका सिन्दूर पुछिएका छन् । कति आमाबुबा, छोराछोरीले आँसुमा जीवन विताएका छन् । विर्सिन नसकिने  द्वन्द्वका घटना र घाउलाई पनि उनका कलामा अनुभूति गर्न सकिन्छ । कलाकार प्रदीपले कलामा आफ्नो संस्कृतिका अतिरिक्त समाज पनि उतारेका छन् । प्रायः एक्रेलिक माध्यममा सिर्जित उनका प्रत्येक कलाकृतिहरूले नेपाली संस्कृति, महिला, सामाजिक जीवन संस्कारका अनेक सन्दर्भलाई प्रतिनिधित्व गर्दै आएका छन् ।
उनको संस्कृति र सम्पदा विषयक एकल र सामूहिक तथा दर्जनौं कलाकार्यशालामा सहभागिता भएको छ । उनले राष्ट्रिय कलाप्रदर्शनीमा द्वितीय पुरस्कार पाएका छन् । भारतको क्याम्लिन आर्ट फाउन्डेशनले गरेको प्रतियोगितामा उनी प्रथम भएका छन् भने अरू थुप्रै पुरस्कार पाएका छन् । उनले विदेशमा (भारत, भुटान, श्रीलङ्का, अमेरिका) आदि देशमा पुगेर आफ्नो कलाकर्म प्रस्तुत गरिसकेका छन् ।

एरिना ताम्राकार

नारी, प्रवृmति र एरिना आज नेपाली कला–संसारमा परिचयका पृथक बान्कीमा उपस्थित छ । यही सिलसिलाको निरन्तरतामा कलाकार एरिना ताम्राकारको नाम र कामले मैत्रीपूर्ण जीवनको आग्रह र अपेक्षा गर्दछ । क्यानभासमा रङ्गिएका आकारहरूबाट मानिसका हृदयलाई स्पर्श गर्न सक्ने क्षमता राख्ने उनका चित्र जीवनका सच्चा दर्पण पनि हुन् । त्यही दर्पणमा नेपाली नारीका सच्चा स्वरूप उतारिएको पाउन सकिन्छ ।
यसरी एरिनाको पहिचान नै बनेको छ नारी र प्रवृmति ! आमा र बच्चा वा आइमाईका अनुहार र चरित्र चित्रण अथवा नारी सौन्दर्यका विविध पक्ष यी सबैमा एरिनाको रुचि कलाकारिता मार्फत् सार्वजनिक हुँदै आएका छन् ।
मनका हरेक कुनाकन्दरामा उनले महिला आवृmति र अवस्थाका अनेकौं स्वरूपहरूलाई मनन गर्दै आएकी छन् । तिनै अनुभूतिका आयामहरूलाई रङ र रेखाका सहायताले आकार दिँदै आएकी एरिनाको जीवन नै कला हो । अनि कला नै उनको जीवन हो । कला र जीवनलाई एकअर्काको पर्यायका रूपमा लिँदै आएकी एरिनाले कलाको गहिराईमा आफूलाई पूर्णतः अर्पित गरिसककी छन् । त्यसैले उनका कामहरू एकपछि अर्को गर्दै प्रगतिको फड्को मार्न अग्रसर छन् ।
त्यसमध्ये नुहाइरहेकी महिला, प्रवृmतिमा महिला, आमा र बच्चा आदि विषयगत शृङ्खलाहरूमा उनले एक व्यक्ति कलाप्रदर्शनी लगभग एक दर्जन पटक आयोजना गरिसककी छन् । त्यस किसिमको एकल सिर्जनाका प्रस्तुतिले उनको कलात्मक चेतनालाई उचाइमा अवतरित गराउन मद्दत गरेको छ । यसबाट उनी स्वयम्ले पनि उत्साहको उपलब्धीपूर्ण यात्रामा हिँडिरहेको महसुस गर्ने गरेकी छन् । कलाकार, कलानुरागी, समीक्षक तथा अन्य सर्वसाधारणलाई पनि यसले जानकारी दिन मद्दत गरेको छ ।
नारीलाई समाजले हेर्न दृष्टिकोण र नारीका अवस्था लागयत नारीका सुन्दर स्वरूपलाई पनि उनका घन र छिना रूपी कुचिले मेहनत साथ कुँदेका छन् । त्यस कुँदाइमा वास्तवमै नारी जीवनका यथार्थ पक्षहरू उद्घाटित भएको सहजै अनुभूति हुन्छ । नारी, पे्रम, वात्सल्य, संस्वृmति र प्रवृmतिजस्ता अनेक विषयमा उनले एकलदेखि सामूहिक कलाकार्यशाला एवम् प्रदर्शनीहरूमा आफ्नो कलाक्षमता सार्वजनिक गरिसकेकी छन् ।
काष्ठमण्डप आर्ट स्टुडियोकी संस्थापक सक्रिय सदस्य रहेकी कलाकार एरिना ताम्राकारले वि.सं. २०६१ सालमा चित्रसँगै कविताकर्मको रचनाकौशल प्रकट गरेकी थिइन । त्यो उनको पृथक सिर्जनात्मक पहिचानको क्षण थियो । कलासिर्जनापछि कविता लेखनको यो अर्को चिनारीले उनलाई एक सशक्त नारी सिर्जनाकर्मीका रूपमा पनि उभ्याएको छ । कवितामा पनि उनले नारी र प्रवृmतिका यावत सन्दर्भहरूलाई स्थान दिँदै आएकी छन्् । यसरी कवयित्री कलाकारका रूपमा समेत आपूmलाई उभ्याउन सफल भएकी कलाकारले यसअघि मनाङ–मुस्ताङको कलायात्राबाट पनि प्रवृmति विम्वका केही गरेकी थिइन ।
जीवनको प्रतिविम्व शीर्षकीय एकल प्रदर्शनीले गर्भवती मनका भावना वा मातृवेदनाहरूलाई कलात्मक जीवन प्रदान गरेको थियो । यी शृङ्खलाका चित्रकलामा उनको नारी मनोदशाको गहिराइ यात्रा निकै नै आकर्षक र मार्मिक लाग्दथ्यो । नारी हृदयको कोमलता र सौन्दर्यका अथाह सागरमा डुब्दै उनले रचना गरेका कलावृmतिहरूले आममहिला वर्गकै प्रतिनिधित्व गर्दै आइरहेको पाइन्छ । लज्जा र मुस्कानलाई प्रवृmतिका सुन्दर पक्षसँग समायोजन गरेर बनाइएका चित्रहरूमा पाइने कला–सौन्दयको आनन्द अत्यन्त सुखद हुने नै भयो ।
आफ्ना कलावृmतिका माध्यमबाट कलाकर्मी एरिनाले एउटा महत्वपूर्ण सन्देश पनि सम्प्रेषित गर्ने गरेकी छन् । महिलाले आपूmले आफैंलाई चिन्नु पर्दछ र हरेक क्षेत्रमा अगाडि बढी एकप्रकारले घरपरिवारको सीमित परिवेशलाई छोड्न सक्नु पर्दछ भन्ने मान्यताका साथ उनी कलारचना गर्ने गर्दछिन् ।
राष्ट्रिय युवा सेवा कोषले प्रदान गर्ने अरनिको युवा कला पुरस्कार २०६४ सालमै उनले पाएकी छन् । राष्ट्रिय विभूतिका रूपमा सम्मानित अरनिको जस्ता महान् कलाकारको नामसँग जोडिएर आफ्नो सम्मान हुनुलाई उनी अहोभाग्य ठान्छिन् । अन्ततः समकालीन नारी कलाकारहरूका समूहमा उनको नाम र कामको बेग्लै चिनारी स्थापित छ ।
यसमा कलाकार एरिना ताम्राकारको समर्पण, निरन्तरता र खोजीले अझै सफलता दिने पक्का छ । यद्यपि प्रगतिको पथमा उनको यात्राले अरू धेरै सार्थकता हासिल गर्न बाँकी नै छ । त्यसैले यसबेला आगामी यात्राको सफलताका लागि उनलाई शुभकामना दिनु उपयुक्त हुन्छ । नारी, प्रवृmति र एरिनाको पहिचानलाई कायम राख्ने कार्यमा उनको अथक प्रयत्नले निश्चय पनि गन्तव्य भेट्ने छ । एरिनाले विभिन्न देशमा जस्तै भारत, भुटान, श्रीलङ्का, अमेरिका, फ्रान्स, ल्हासा, थाईल्याण्ड, कोरिया पुगेर विदेशी कलाकारहरूसँग अन्तक्र्रिया र सामूहिक कलासिर्जनामा पनि उनी सहभागी बनिसकेकी छिन् ।

प्रमिला    बज्राचार्य

सडक, सहर अनि मान्छेका भीड, घरका ता“ती रङका अनेक प्रहारबाट क्यानभासमा तिनलाई आधुनिक आकार दिनु आफैंमा नयाँ खोजको यात्रा हुन सक्दछ । त्यही नवीताको खोजी र प्राप्तिमा लामो समय संलग्न रहँदै आएकी कलाकार प्रमिला बज्राचार्यको कलाशैलीमा परिवर्तन आयो । सन् २००२ मा उनको पहिलो एक व्यक्ति चित्र कलाप्रदर्शनी हुँदादेखि २००९ सम्म उनले प्रस्तुन गर्ने कार्यमा भूदृश्य चित्रकै आधुनिक स्वरूप ग्रहण गर्न सकिन्थ्यो । तर सन् २०१० मा भएको उनको आठौं कलाप्रदर्शनीमा उनले पोट्रट एक्सप्रेशन शीर्षकका चित्रवृmति प्रदर्शन गरेकी थिइन् ।

वि.सं. २०२८ सालमा ललितपुरको वन्गत, बुःबहालमा प्रमिलाको जन्म भएको हो । उनको परिवारमा  चित्रकारिताकी उनी एक्ली चिनारु सर्जक हुन् । त्यसलाई बेग्लै परिचयका साथ स्थापित गराउने ध्याउन्नमा उनको चित्रकला यात्राले लगातार सफलता हासिल गर्दै आएको छ ।
कलामा उनको समर्पण र काममा एकोहोरो सिर्जनशीलताका कारण उनले बनाएका कलाचित्र अलग्ग किसिमले चिनिने भएर देखा पर्दछन् । कलाकार प्रमिलाको यो फरकपन उनको कलामा आएको परिवर्तन पनि थियो । ग्रामीण महिलाको विविध अनुहार–आवृmतिलाई अर्धअमूर्त रूपमा उनले प्रस्तुत गरेकी छन् ।
सहरी भीड र गाउँघरका दृश्यमा आपूmलाई अविच्छिन्न उभ्याउँदै आएकी कलाकारले तिनमा वातवरणीय सन्तुलनको अपेक्षा गरेकी हुन्थिन् । उनी चित्रकलाबाट प्रवृmति, दृश्य र जीवनको समानताको खोजीमा तल्लीन हुन्थिन् । भत्किएका घर, भीडले परिचय गुमाएको सहर अथवा शून्य बाटो वा एकान्त पाटो कलाकर्मी प्रमिला बज्राचार्यका चित्र क्यानभासमा सिर्जनाका सुन्दर विषय बन्थे । त्यस्तै उकालो–ओह्रालो, खण्डहर वर्तमानका अनेकौं पक्षलाई रङका माध्यमबाट उनले क्यानभासमा एउटा आकारको वीजारोपण गर्ने गरेकी थिइन् ।
त्यसमा प्रकट हुने दृश्यचित्रको अनौठा र मिठो संरचनाले कलाको अनुभूतिजन्य भाव सम्प्रेषण गर्दथ्यो । मूर्तबाट अमूर्ततिरको अर्को यात्रा परिष्वृmत रूपका परिचायक थिए । यो उनको सार्थक सिर्जना यात्राको उपलब्धी नै हो । त्यसबीच उनले कैयौं एकल र सामूहिक सिर्जना कार्यमा आफूलाई खार्न पाएकी छन् । यसले कलामा आफ्नोपन निर्माणमा अवश्य नै टेवा पु¥याएको छ । उनका प्रवृmति र अनन्तता शीर्षकको एक व्यक्ति कलाप्रदर्शनीका चित्रकलाले पनि उनको कलामा स्पष्ट अभिव्यक्तिको स्वरूप सार्वजनिक गरेकै हो । अनेक रङका एक मिठासलाई कलापारखी दर्शकले सहजै ग्रहण गरेकै हुन् ।
कलाकार प्रमिलाको पछिल्लो कलाकर्ममा जीवनका आवृmतिहरू दृष्टिगोचर हुन पुगेका छन् । उनका कला महिला वर्गका अनगिन्ती पीडाका सन्दर्भहरूसँग गाँसिएको पाइन्छ । ती चित्रहरूले नारी संवेदनाका अव्यक्त भावलाई पनि प्रतिनिधित्व गरेका छन् । आपूm स्वयम् एउटी नारी कलाकार भएकीले पनि नारीका घाउचोटलाई नजिकबाट सहजै बुझ्न सजिलो भयो ।
त्यसो हुँदा पनि उनका पछिल्लो कलाका बान्कीले स्वभावतः नारी मनोदशाकै प्रतिविम्व पोट्रेट एक्सप्रेशनमा अभिव्यक्त गरेको थियो । नारी आवृmतिका पीडाजन्य क्यानभासमा देख्न सकिने जीवन्त दुखाइका क्षणहरू तमाम महिलाका सीमाहीन आवाज पनि हुन सक्दछन् । तिनले कलाको भाषा प्रयोग गरेर आफ्ना अव्यक्त दुःखका सुस्केराहरूलाई प्रकट गरेका छन् । ती दुःखलाई पनि कलात्मक रङ र रेखाका माध्यमबाट जीवन्त सिर्जना निर्माण भएको देख्न सकिन्छ ।
कलाकार प्रमिलाले कलामा पु¥याएको योगदानको सम्मान गर्दै राष्ट्रिय युवा सेवा कोषले वि.सं. २०५९ सालमा उनलाई पुरस्वृmत गरिसकेको छ । उक्त कोषद्वारा सोही वर्ष आयोजित समारोहमा सम्मानपत्र र स्वर्ण पदकसहित अरनिको युवा कला पुरस्कारद्वारा पुरस्वृmत गरिएको थियो । विभिन्न देश जस्तै– भारत, भुटान, श्रीलङ्का, अमेरिका, आदि देशमा पुगेर उनले सिर्जनात्मक नवीनताका कलाकर्म प्रस्तुत गरिसकेकी छिन् ।

भाइराज महर्जन
ललितपुरको मिखाबहालमा कलाकर्मी भाइराज महर्जन वि.सं २०२८ सालमा जन्मिएका हुन् । चित्रकलाको अध्ययन पूरा गरेपछि उनी निरन्तर यसैक्षेत्रमा व्यस्त छन् । ‘अन्तरङ क्षण’ नाम दिइएको पहिलो एकल कलाप्रदर्शनी उद्घाटन समारोहमा कलाकार भाइराज महर्जनले नारीका विविध पक्षलाई आफ्ना क्यानभासमा प्रकट गरेका थिए । २०६१ सालको असारेमासमा पनि सिद्धार्थ कलादीर्घा दर्शकको जमघटले भरिभराउ थियो । कलाकार र कलापारखीका त्यही भीडमा आफ्ना प्रदर्शिंत कलाकृतिबारे भाइराज भनिरहेका थिए– समाजमा लुकेर बसेका विषय नै मेरा कला रचनाका माध्यम हुन् । गाउँ, सहर जहाँ पनि महिलाहरूका अवस्था उस्तै छन् । पीडा, वेदना, आँसु त्यही विषय नै मेरा लागि कलारचनाको सजीव पक्ष बन्यो र सुरु भयो कला क्यानभासमा आकृति उतार्न ।
नभन्दै उनले त्यस प्रदर्शनीमा लुकेका वा लुकाइएका नारी मनोदशा प्रतिविम्बित गरेका थिए । पीडा, बेदना र आँसु लिएर बाँच्नुको नारी नियति उनका मूर्त र अर्धमूर्त चित्रहरूमा प्रकट थिए । प्रजनन अवस्था, रजस्वला, गुफा बसाइ आदि विषयमा बनाइएका कलाकृति हेर्दा पितृसतात्मक समाजमा नारीको अवस्था साँच्चै नै दयनीय लाग्दथ्यो । यसरी एक पुरुष कलाकारले नारीका लागि खुल्ला आकाश दिनुपर्ने मान्यताका साथ सार्वजनिक गरिएका सिर्जना नारी मनोविम्वका साक्षात् स्वरूप थिए । नारी मनभित्रका अनगिन्ती बाध्यता र विवशताहरू चित्रमा चित्रित गरिएका थिए । नारी संवेदनाका विविध अवस्थालाई आकार दिइएका कलाले दुःख र पीडामा पनि सुन्दरताको मिठास प्रदान गरेका थिए ।
कलाकार भाइराजले २०५९ सालमा पार्क ग्यालरीमा अर्का समवयी कलाकारसँग द्वय व्यक्ति कलाप्रदर्शनी गरेका थिए । त्यस प्रदर्शनीमा पनि उनका चित्रले नारी मनोदशालाई मार्मिक रूपमा अभिव्यक्ति दिएका थिए । कतै विरहमा पिल्सिरहेका, कहीँ वेदनामा छट्पटाइरहेका महिला वर्गका पीडाजन्य तस्विर चित्रमा उत्रिएका थिए । सम्भवत नारीमाथिको अन्यायप्रति उनको यो सहानुभूति र सद्भाव पनि थियो । रङको पाको प्रयोग र आकृति–अनुपातको सन्तुलित संयाजनद्वारा सिर्जित कलामा आँखालाई मिठास त हुने नै भयो । त्यसमाथि नारी मनोविम्वको चित्रात्मक उपस्थिति चाखलाग्दो पनि थियो । यही २०६९ सालमा पनि उनले अर्का कलाकार विनोद प्रधानसँग संयुक्त प्रदर्शनी गरे । त्यस प्रदर्शनीमा भने उनले बुद्ध जीवनदर्शनका आध्यात्मिक स्वरूपहरूलाई आकार दिएका थिए ।
२०६४ सालमा नक्सालको एउटा क्याफेमा उनको तेस्रो कलाप्रदर्शनी गरिँदा उनका चित्रलाई हेर्ने दर्शकहरू निकै आनन्दित भएका थिए । क्याफेमा आउनेहरू आपूmलाई मनपर्ने चित्र आफ्नै आँखा सामुन्ने हेर्न पाउँदा फरक दृ्श्य स्वादमा रमाएका हुने । त्यस प्रदर्शनीमा उनका नारी आकृतिका विभिन्न स्वरूप, क्यानभासभरि छरिएका थिए । तिनमा नारीका व्यस्तता, पीडा, समस्याहरू मात्र होइन सुन्दरताको पक्ष पनि प्रकट गरिएका थिए । त्यसैले चित्रमा नारी संवेदना र सौन्दर्यका पृथक पाटोबीच एकीकृत संरचनाको मिठो संयोजन झल्किन्थ्यो । त्यसमाथि साङ्गीतिक ध्वनि–तरङ्गको गुञ्जन अनि आँखाका निम्ति शान्त र शीतल कलाकृतिको स्पर्श भएपछि क्याफेमा मान्छेका भीड लाग्नु अस्वाभाविक भएन । यसरी क्याफेको कलाप्रदर्शनीले कलाकार र आयोजकलाई पनि कलाको प्रवद्र्धनमा नयाँ सोचाइ दिएको हुनुपर्दछ ।
विभिन्न देश जस्तै– भारत, भुटान श्रीलङ्का, अमेरिका, युरोप आदि देशमा पुगेर उनले सिर्जनात्मक नवीनताका कलाकर्म प्रस्तुत गरिसकेका छन् । उनले अनेकौं कलाकार्यशाला, कलामेला र सामूहिक कलाप्रदर्शनीहरूमा सक्रिय रूपले भाग लिँदै आएका छन् । प्रत्येक वर्ष आयोजना गरिने राष्ट्रिय कलाकौशल प्रदर्शनीमा पनि उनको सहभागिता रहेको थियो । राष्ट्रिय र अन्तर्राष्ट्रिय थुपै्र कलाप्रदर्शनी तथा कलाकार्यशालामा उनी सहभागी भइसकेको छन् । कला संस्थाहरूका सदस्य र संस्थापकका रूपमा पनि उनले कार्य गर्दै आएका छन् । धेरै कलाप्रदर्शनी र कलाप्रतियोगिताहरूमा पुरस्कृत हुँदै आएका भाइराजले २०६२ सालको अरनिको युवा कला पुरस्कारसमेत पाएका छन् । यस किसिमका पुरस्कारबाट आफ्नो कामप्रति अझ गहिरिएर गम्भीर बन्न उनी जिम्मेवार बनेका छन् ।

सुनिला बज्राचार्य
चित्रकार सुनिला बज्राचार्यले आफ्नो देशभित्र मात्रै होइन विदेशमा पुगेर पनि नेपाली पहिचान झल्किने कलासिर्जनामा आफूलाई स्थापित गराइरहेकी छन् । अमेरिकाको कला कलेजमा अध्ययनअवधिमा उनले चार बर्षबीच छ पटक एकल कलाप्रदर्शनीको आयोजना गरिसकेकी छन् । स्वतन्त्रता, आमा प्रकृति, संयोजन आदि शीर्षकमा बनाइएका उनका ती कलाकृतिहरूले मूलतः नेपाली नारी, संस्कृति र सौन्दर्यलाई अर्धमूर्त शैलीमा झल्काउने कार्य गरेका थिए ।
हुन त उनले यसै शैलीमा आफूलाई स्थापित गराइसकेकी हुन् । यद्यपि विदेशमा बसेर नेपाली जनजीवनकै पात्र र पाटाहरूलाई अझै कलात्मक उचाई दिएर एकल प्रदर्शनीकै आयोजना गर्नु आफैँमा प्रशंसनीय कार्य हो । उनका सिर्जनामा शान्तिका अग्रदूत गौतम बुद्धका शान्त र सुन्दर आकृतिहरूका उपस्थितिमा रङहरूका गतिशीलता मनलाई शीतलतासँगै आनन्द प्रदान गर्ने किसिमका छन् । त्यसबाहेक गणेश, शक्ति, इन्द्र शीर्षकका उनका चित्रमा पनि सांस्कृतिक र आध्यात्मिक आनन्दका भावनाहरू प्रतिविम्बित भएको अनुभव गर्न सकिन्छ ।
नेपाली नारीका अनेक आयाम र आकृतिहरूलाई रेखाचित्र, क्यानभास र कागजमा कलाकार सुनिला बज्राचार्यले धेरै पटक धेरै किसिमबाट आकार दिएकी छन् । ती आकारमा नेपाली परिचयका सुन्दर विम्बहरूले प्रत्येक दर्शकलाई आकर्षित गर्न आउँछन् । क्यानभासमा विभिन्न प्रयोग र प्रविधिहरूलाई भित्र्याएर अलि बेग्लै प्रस्तुति दिँदै आएकी कलाकर्मी सुनिलाको पहिचान यतिबेला नेपालकै सम्पदा, संस्कृतिलाई अरू विस्तार गर्नेतिर छ । त्यसमा अझै कलाकारी सौन्दर्यले आकृतिबद्ध गर्ने ध्याउन्नमा उनी छन् । त्यसैले अध्ययन र कलासिर्जनाको बाटोमा निरन्तर सक्रिय रहँदै सुनिलाले कलामा आफ्नो पृथक चिनारी बनाएकी छन् ।
२०३० सालमा ललितपुरमा जन्मिएकी कलाकार सुनिलाले ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेकी छन् । त्यसपछि कलाकार प्रशान्त श्रेष्ठसँग कलाको थप ज्ञान हासिल गर्दै ‘काष्ठमण्डप आर्ट ग्रुप’ मा संलग्न भएपछि उनको कलायात्राले सुकिलो र सुनिश्चित मार्ग फेला पारेको हो । किनभने त्यस समूहमा युवापुस्ताका सशक्त कलाकारहरू सामेल थिए । उनीहरूको सामूहिक सिर्जनायात्राले प्रत्येकलाई आ–आफ्नो कलाकर्ममा अलग–अलग चिनारी देखाउन सक्षम बनायो । सन् २००२ मा उनको एकल कलाप्रदर्शनी तत्कालीन ‘सिर्जना कन्टेम्पोररी आर्ट ग्यालरी’ मा सम्पन्न भयो । सो पहिलो प्रदर्शनीबाटै उनले आफूलाई एक सिर्जनशील सशक्त कलाकर्मीका रूपमा चिनारी दिएकी थिइन् । त्यसपछि सन् २००५ मा ‘लाजिम्पाट ग्यालरी’ मा दोस्रो एकल कलाप्रदर्शनी गर्दा उनको परिचय नारी, प्रकृति र संस्कृति चित्रणकी सर्जकका रूपमा उनले राम्रै छाप पारेकी थिइन् । त्यसो त यसअघि सन् १९९८, २००० र २००२ मा क्रमशः उनको चार व्यक्ति, दुई व्यक्ति र तीन व्यक्ति कलाप्रदर्शनी भएको थियो । यी सबै कला गतिविधिहरूले उनको कलायात्रालाई घनीभूत रूपमा परिपक्व पार्न सघाइरहेका थिए ।
त्यसबीचका कलाकार्यशाला तथा सामूहिक कलाप्रदर्शनीका अनेकौं जमघटहरूमा पनि उनका चित्रकृतिहरूले नेपाली परिचयकै मौलिक पाटोलाई आधुनिक स्वरूपमा आकार दिँदै आएका हुन् । अमेरिकामा स्थानीय ग्यालरी, कलासंस्थाहरू आदिबाट आयोजना गरिएका कलाप्रदर्शनी तथा कलाकार्यशालामा उनको सक्रिय सहभागिताले अन्ततः नेपालकै उपलब्धीमूलक उपस्थिति जनाएको सहजै अनुभव गर्न सकिन्छ । त्यस यता उनको सिर्जनात्मक यात्रा र कला कार्ययोजना झन–झन सुदृढ हुँदै गइरहेको देखिन्छ । अहिले त विदेशको बसाई अनि श्रीमान्सँगै कलारचनाको सामूहिक कर्ममा कलाको आयामले नयाँ र गतिमान यात्रा हिँडिरहेको छ । उनी भन्छिन्– म धेरै नै भाग्यमानी छु । किनभने चित्रकलामा लाग्न मलाई मेरा श्रीमान्, परिवार तथा नेपालका साथीहरूले सधैं उत्साहित पारिरहनुभएको छ ।
कलाकार सुनिलाले अमेरिका बसाई क्रममै सिर्जना गरेका एकल र सामूहिक कलाप्रदर्शनीहरूले नेपालको चिनारी र चित्रलाई बेग्लै किसिमले प्रतिनिधित्व गर्दै आइरहेका छन् । ती कलामा उनको मौलिकता भनेको रङको सुन्दर संयोजन गर्नु हो । त्यस्तै उनको ध्याउन्न आकृतिमा नेपाली महिलाका स्वरूप र हाम्रा आराध्यदेव तथा बुद्धविम्बका विविध रूप दर्शाउनु अनि तिनमा सुन्दरताले सजाउनु नै हो ।

विनोद प्रधान
कलाकार विनोद प्रधान युवापुस्ताका सक्रिय र सिर्जनशील चित्रकार हुन् । काष्ठमण्डप आर्ट समूहका संस्थापक रहेका उनी सोही संस्थामार्फत् कलामा निरन्तर क्रियाशील छन् । चित्रकलामै आफूलाई समर्पित गर्दै आएका चित्रकारले कलामा प्रयोगका विभिन्न बान्की प्रस्तुत गर्दै आएका छन् । ती बान्कीले चित्रकलामा विनोद प्रधानको पहिचानको पाटोलाई चिनाउन मद्दत गर्दछ ।
वि.सं. २०२९ सालमा काठमाडौंमा जन्मेका कलाकारले ललितकला क्याम्पसबाट चित्रकलामा स्नातक गरेका छन् । नेपाली चित्रकलाको धरातलमा आफ्नो अलग्ग पहिचान निर्माण गरिसकेका प्रधानले आफूलाई एकल र सामूहिक कलाप्रदर्शनीका अनेक श्रृङ्खलाहरूमा सार्वजनिक गरेका छन् । कलाकार्यशालाका विशेष कार्यक्रमहरूमा समेत सहभागिता जनाएर उनले कलामा आफ्नो दक्षता पनि देखाइसकेका छन् ।
कलाकार विनोद प्रधानले स्वदेश र विदेशमा जस्तै– भारत, भुटान श्रीलङ्का, अमेरिका, युरोप आदि देशहरुमा समेत आफ्नो कलात्मक पहिचानका साथै नेपाली कलाकारको सिर्जनात्मक कौशलता प्रदर्शन गरेका छन् । उनका चित्रकलामा आफ्नै किसिमको पृथक कलाकारी चित्रण र चेतना समाविष्ट भएको पाइन्छ । मूर्त र अमूर्तको मिश्रणमा उनका चित्रले आधुनिक परिचयको निकास पायो । भिन्न प्रयोग र भिन्न प्रस्तुतिका कारण पनि उनका कलाले सजिलै कलापारखीको माया पायो ।
फलतः कलामा उहाँले रङ र आकृतिहरूको मिठो संयोजनमा आकर्षक आयाम उद्घाटित गर्न थाले । यसले गर्दा उनी कलाकारमाझ पनि पृथक पहिचानका साथ चिनिन थाले । वस्तुको अवस्थिति र रङको उपस्थितिमा आउने अन्तरलाई उनले राम्ररी तुलना गर्न सिकेका छन् । फलस्वरूप कलाचित्रमा त्यसको असली रूपलाई आकार दिन उनले सफलता पाएका हुन्  । कलामा उनले सिर्जना गर्ने विषय र शैली यसैमा स्थापित हुन पुग्यो । वास्तवमा नेपाली कलाको परम्परागत बाटोमा यो नयाँपनको खोजी र प्रयोगको पाटो हो ।
पछिल्लो समयमा आएर उनले आफूलाई बुद्धदर्शनका अथक कलाअनुयायीका रूपमा प्रस्तुत गर्दै आइरहेका छन् । त्यस क्रममा उनका सिर्जनाले बुद्धका बहुपक्षीय रूप र अनेक स्तुपा तथा सम्पदा संरक्षणमा गम्भीर चासो र चिन्ता पोख्दै आएको छ । तिनमा संयोजित रङ, रेखा, आकृति आदिको संरचनामा उनले अपनाउने कल्पनाशील भावनाको कलात्मक प्रस्तुति आफैंमा आनन्द र अध्ययनको विषय पनि हो । तिनमा उनको बेग्लै अनुभूतिको आकारले कलापारखी दर्शकलाई प्रभावित नपारिरहन सक्दैन ।
विविध रङहरूको भीडमा उनले गर्ने कलाकर्म सन्तुलित यस प्रकारका कलामा पाइने रङको शीतलता र शान्तिमय प्रेमको सन्देश पनि कम प्रभावकारी लाग्दैन । परिपक्व रङचेतनाका माध्यमबाट क्यानभासमा गतिमय रङका सुमधुर स्पन्दन अङ्कित गर्नु उनको खुबी हो । अन्ततः कलाकार विनोद प्रधानको यो विशेषता पनि हो ।
यसप्रकार कलासिर्जनाका माध्यमबाट आफ्नो मौलिकतालाई प्रकट गर्दै आइरहेका कलाकार विनोद प्रधानको सिर्जनशीलताको उचित कदर राष्ट्रिय युवा सेवा कोषले समयमै गरिदिएको छ । अरनिको युवा कला पुरस्कारद्वारा उनी पुरस्कृत भएका छन् ।

आशा डङ्गोल

भुटानको थिम्पुमा नेपाली कलाकृति बेग्लै किसिमले प्रस्तुत गर्दा कलाकार आशा डङ्गोल अत्यन्त प्रफुल्लित थिए । नेपालीमा मन्दिरमा रहेका तान्त्रिक कलालाई उनले आफ्नो सिर्जनाको विषय बनाएका थिए । चित्रलाई पहिरनमा ढाल्ने र सङ्गीतमा फ्यूजन गर्ने यो अभियानले उनलाई वेग्लै प्रकारको प्रशंसा र हौसला उपलब्ध भएको थियो । त्यसो त, श्रीलङ्काको कोलम्बुमा यस्तै सिर्जनात्मक कार्य सार्वजनिक गरेका थिए । अमेरिकामा पनि उनले नेपाली कलाको मौलिक पहिचान पैmलाउने कार्य गरेका थिए । कलायात्रामा थप सफलताका लागि यी कार्य, यात्रा र अध्ययनले सकारात्मक प्रभाव पारेको थियो ।
कलाकार आशा डङ्गोल आफ्ना कलामा सधैं नवीनताको उपस्थित गराउने ध्याउन्नमा रहन्छन् । २०३० सालमा जन्मेका उनी नयाँ विषयवस्तु मात्रै होइन पुराना विषयलाई पनि प्रयोगका रूपमा कलामा भित्रयाउँनु र त्यसमार्फत् बैग्लै मौलिकता स्थापित गर्नु आफ्नो मुख्य ध्येय रहेको बताउँछन् । यही ध्याउन्न र ध्येयका साथ नेपाली चित्रकलामा आशाको उपस्थिति आशालाग्दो त छँदैछ त्यस अतिरिक्त कलाकर्ममा नवीनताको उचाइ–आरोहणतिर अग्रसर पनि रहेको छ । थुप्रै राष्ट्रिय, सामूहिक कलाप्रर्शनीपछि पटक–पटकको एक व्यक्ति कलाप्रदर्शनीका माध्यमबाट उनले कलासिर्जनाको बेग्लै परिचय दिएका छन् । त्यही परिचयबाट नै आज आशाको आशापूर्ण कलायात्राले सार्थक सिर्जनाको गन्तव्य हिँडिरहेका छ ।
कलाकार आशाको पहिलो एकल कलाप्रदर्शनी सन् २००२ मा सिद्धार्थ आर्टं ग्यालरीमा सम्पन्न भयो । उनको उक्त प्रथम एकल प्रदर्शनीबाट उनलाई नेपालको चित्रकला फाँटमा एक सक्रिय चित्रकारका रूपमा स्पष्टताका साथ चिनायो । त्यतिबेला प्रदर्शनमा रहेका उनका सशक्त कलाकृतिहरूले उनको कलात्मक चेतनाको मापन गर्न सकिन्थ्यो । पहिलो त्यस प्रदर्शनीमा पनि उनले परिपक्व रङ र रेखाहरूबाट महिला मनोदशाका विविध पक्षलाई क्यानभासमा चित्रित गरेका थिए । त्यसपछि सन् २००४ मा ग्यालरी मोक्षमा उनले रेखा र शब्दभित्र नारी जीवनका विविध पाटाहरूलाई सशक्त रूपमा उतारे । कलाकार आशाको सिर्जनामा आशापूर्ण जीवनको अपेक्षा त्यस प्रदर्शनीका कलाकृतिहरूले गरेका थिए । जीवन, जन्म र मृत्युका विविध सन्दर्भं अनि त्यसमा हामै्र जीवन थियो, हाम्रै ग्रामीण परिवेशका विसङ्गत पाटाहरू थिए ।
अदृश्य र अमूर्त भावनाका रेखात्मक अभिव्यक्तिबाट कलाकारको सिर्जनाशक्ति उद्घाटित त भएकै छ । स्वतन्त्र कलायात्राको उडानमा रङको बन्धन छैन । उस्तै र उही आकृति होइन तिनमा आधुनिक कलाको गतिशील संवेगले एउटा पृथक स्वरूप वरण गरेको अनुभूति त गर्न सकिन्थ्यो । एकप्रकारले जीवन दर्शनका गम्भीर सन्दर्भ तिनमा अभिव्यक्त थिए । उल्लेखनीय यी प्रदर्शनीको सफलतापश्चात् कलाकार आशाको अर्को प्रदर्शनी पनि अझ सार्थक रह्यो । २०६४ सालमा दुई वटा पृथक कामहरूका छुट्टाछुट्टै प्रदर्शनी भयो । सेरामिक्स एक्सप्रेसनमार्फत् आशाले आफ्नो कलाको मौलिक चिनारी सेरामिकमा देखाएका थिए । नयाँ विषय, शैली र माध्यममा अनेक विम्व अनि मिथकलाई मिश्रित रूपमा कलामय भाषाको स्वरूप दिएका थिए । अहिले उनी तिनै मिथकीय विम्बहरूमा कलात्मक उचाइको बेग्लै आयाम खोजी गरिरहेका छन् ।
त्यसो त यसभन्दा अगाडि उनले मैथिली र नेवारी संस्कृतिका कतिपय मौलिक पाटालाई क्यानभासमा प्रकट गरी नेपाली कलामा अर्को अलग्ग कलाकर्मको उपस्थिति स्थापित गरिसकेका थिए । मान्छे र जनावरबीचको भिन्नता तथा मान्छे र प्रकृति, मान्छे र संस्कृतिबीचको घनिष्टतालाई पनि उनले कलामा आधुनिक भावसम्प्रेणका माध्यमबाट सुन्दर रूपमा अभिव्यक्त गर्दै आएका छन् । यसरी नेपाली कलामा आशारत्न डङ्गोलको प्रयोगको प्रत्यक्ष र पछिल्लो रचना एकपछि अर्को सार्वजनिक हुँदै आइरहेका छन् । प्रेमका शाश्वत पक्ष वा पुरुष र महिलाका सनातन सम्बन्धलाई लिएर पनि उनले अध्ययन र कलामा त्यसको अभ्यास गरेका छन् । उनी आफ्ना चित्रकलामा पूर्वीय दर्शन र संस्कृतिको प्रयोग गर्न रुचाउँछन् । यी युवा कलाकारले दर्जनौं सामूहिक कलाप्रदर्शनी र कलाकार्यशालाहरूमा पनि उत्तिकै सिर्जनशील संलग्नता जनाएका छन् । विभिन्न देशमै (भारत, भुटान श्रीलङ्का, अमेरिका, युरोप, बंगलादेश, थाईल्याण्ड) पुगेर विदेशी कलाकारहरूसँग अन्तक्र्रिया र सामूहिक कलासिर्जनामा पनि उनी सहभागी बनिसकेका छन् । उनका चित्रकलाले आज देश–विदेशमा नेपाली कलाको राम्रो परिचय स्थापित गरिदिएको छ ।
कलाकार आशा सधैं नयाँपनको खोजीमा व्यस्त रहन रुचाउँछन् । यद्यपि नयाँपनको खोजीको रूपमा उनी पुराना कुरालाई अझ सम्मानपूर्वक कलामा स्थान दिने गरेका छन् । ती परम्परागत मिथकहरूलाई अलि फरक किसिमबाट कलामा अथ्र्याउन उनी अग्रसर रहन्छन् । कलामा बुद्ध दर्शन, प्राचीन लिपिको आग्रहका कलात्मक बान्की हुन् । यस्तै सिर्जनशील कलाकर्मकै कदर स्वरूप उनलाई राष्ट्रिय स्तरका धेरै पुरस्कार प्राप्त भएका छन् । राष्ट्रिय कलाकौशल प्रदर्शनीमा उनले प्रथम पुरस्कार पाएका छन् । त्यस्तै अरनिको युवा कला पुरस्कारद्वारा पनि उनी पुरस्कृत भएका छन् । यी सबै उनको कला जीवनको साँचो मूल्याङ्कनका सम्मान हुन् । उनी कलाकार पुस्ता निर्माणमा पनि संलग्न छन् । विभिन्न कला संस्थाहरूसँग सम्बद्ध रहेका उनले कलालाई सिर्जना र व्यावसायिक रूपले अगाडि बढाइरहेका छन् ।

ठेगानाः
काष्ठमण्डप आर्ट स्टूडियो
ई(आर्टस् नेपाल

कुपण्डोल, ललितपुर
फोन ५०११५७३
kasthamandapartstudio@gmail.com

www.kasthamandaparts.com.np

http://www.eartsnepal.com

%d bloggers like this: