काला महामायाँ

काला महामायाँहरु
स्वप्न नगरिभित्र पसेकाछन्
विराट नव—सपनाहरु उनिदैछन्
मस्तीष्कहरु केलाउदै, मुटुहरु खोतलिदैछन्
विकराल रुपहरु मेरा कविताहरु अँठ्याउदैछन्
शब्द—शब्द छटपटिदै छ
चिच्याउन सक्दैन, अँठिएको छ, दब्बिएकोछ
केवल कोरा कागजमा उ भुमिगत कोरिने प्रयत्न गर्दैछ
पहिचान लुकाउन चहान्छ
एउटा त्रास अरु दवाव दिइरहेछ
उजेली छेक्दै काला आकृतिहरु अझ थिचिरहेछन्
काला महा—मायाँहरु……
स्वप्ननगरी भित्र स्वतन्त्र घुमिरहेकाछन्,
अझ विशाल मायाँजाल उन्दै
निसंकोच नाचिरहेकाछन्

%d bloggers like this: