दौड-दौड – 2012

– May 10

भर्खरै आँखा खोलेको थिएँ
सुनें …………………….
दौड-दौड ! सबै कहाँ पुगिसके !

अत्तालिदै, तछाड-मछाड गर्दै
दौडदै गरेको एक हुल …….

त्यहि हुललाई देखाउदै
मलाई दौडन भनियो, ……… दौड-दौड !
म पनि आँखा चिम्लिएर दौडें

लाग्यो! भौतिक अस्थित्वको प्रश्न छ
र डार्विको जीवन संघर्षको सिध्दान्त सम्झें
अनि बेतोड दौडिएँ

एकलाई पछारें, अर्कोलाई लछारें
कसैको खुट्टा ताने, कसैको बुइ चढे
कोहीलाई हिलाम्मे हुनेगरी ढालियो
कोहि धुलाम्मे हुनेगरी ढले

कति कराए-चिच्याए , छटपाटीए
म भने रोकीइन , निरन्तर आगाडी बढीरहें
गर्बसाथ दौडी रहें, बिना प्रतिस्पर्दी …

तर एकाएक निरस लाग्यो दौड
बिरानो लाग्यो भुमि
………..

फर्किएर हेरें!
सबै घाइते थिए, हिलाम्मे थिए, धुलाम्मे थिए

अरु नजिक गएर हेरें

….. तर यो के ?

चिच्याउदै-कराउदै, छटपटीदै गरेको धुलाम्मे-हिलाम्मे हूलमा
म मेरै अनुहार मात्र देख्छु! मलाई मात्र पाउछु!
म नै चिच्याउदै छु, म नै कराउदै छु
धुलाम्मे-हिलाम्मे भै छटपटाइ रहेछु

ति स्वरहरु अझै गुन्जदैछन् – दौड-दौड !

अब म अरु कसरि दौडन सकुँलार ?
खोइ! म आफैलाई पराजित गरि,
आफै बिजयी कसारी हुनसक्छु?

%d bloggers like this: