mannequin सभ्यता

समुन्नत सतहमा एकत्रित मस्तिस्कहरु क्रमश  ताछिनेछन्।
धर्म, संस्कृति र सभ्यताको अचानोमा राखि बगरेहरुले फेरी टुक्रा—टुक्रा पार्नेछन्।
स्वतन्त्रता र अस्थित्वको लागि चिच्याउने गलाहरु निर्ममतापूर्वक निमोठिनेछन्।
तिमी टुक्रनेछौ, म टुक्रनेछु र हामीहरु टुक्रनेछौं।

हाम्रो पहिचान निर्जन मरुभुमिमा छरिनेछ।
इतिहाँस तर्साउने हिटलरहरुका भिकाया हातहरुले युगौंका लागि फेरी थिच्नेछन्।
फेरी एकपटक स्ट्यालिनहरुको ठाडो आदेशमा
फासिस्टहरुको कुरुप हातहरुवाट हाम्रो दाहसंस्कार गरिनेछ।

दनव दाँतहरुले हाम्रा मासंपेशीका प्रत्येक त्यान्द्राहरु लुछ्नेछन्।
मानव अस्थित्वको लागि मात्र हामीहरुलाइ उभ्याइनेछ।
र कुरुप mannequin का रुपमा विकशितगरी
मानव सभ्यताको कथित नयाँ खोल ओड्याइनेछ।

mannequin सभ्यता हामीलाई अपाच्य हुनसक्ला।
तर हिटलर र स्ट्यालिनहरुले बुख्याँचा बनाइ हाम्रो आगनमा गाड्नेछन्।
र हामीलाई mannequin युगिन जीव बन्न बध्य बनाउनेछन्।

mannequin युगिन जीवको रुपमा हाम्रो बयान इतिहासमा गरिनेछ।
फेरी एकपटक हामी अजन्ताका अँध्यारा भित्ताहरुमा आफ्नो पहिचान कोर्न प्रयेत्न गर्नेछौँ।
दाभिन्चिहरु अन्तिम भोजको निर्माणमा जुट्नेछन्।
अनि पिकासोको जन्म हुन्छ र ग्वर्निकाको पुनरनिर्माण हुन्छ।

तर एक काल्पनिक दन्त्यकथाको रुपमा।
किनभने यस युगमा अजन्ताका अँध्यारा गुफहरु
नागासागी र हिरोसिमाका तिता अतित सम्झाउने भग्नावशेषमा परिणत गरिनेछ।
दाभिन्चि र पिकासोहरु भ्रुण अवस्थामानै मारिनेछन्।

%d bloggers like this: