माध्यम कलाको–अभियान मानवताको 

शनिबार २-२२-२०७८/Saturday 06-05-2021

काठमाडौं । यो ‘दि म्यानेकेन सिभिलाईजेशन’ श्रृङ्खलाको ‘सबलाईम’ नामक चित्र हो जुन सन् २०१७ मा मैले बनाएको हुँ । क्यानभासमा एक्रेलिक कलर,आल्मुनिएम पाता र इनामेल कलरबाट मिक्स मिडियामा बनाइएको यो चित्र सन् २०१९ मा भएको म्यानेकेन सभ्यताका नकोरिएका अनुहारहरु नामक एकल चित्रकला प्रदर्शनीमा सामेल थियो ।

म्यानेकेन सभ्यता श्रृङ्खला मेरै एउटा कवितामा आधारित कलाहरुको श्रृङ्खला हो। जुन एक मानव सभ्यता अर्को मानव शक्तिबाट तहसनहस पार्ने क्रम विरुद्धको एउटा आवाज हो। 

सबलाईममा अन्तरनिहित मौलिकतामा हामीले प्राप्त गर्ने स्वर्गीय आनन्दको क्षणिक पललाई देखाइएको छ। यसमा बाङ्लादेशको रिक्सा आर्टको पनि प्रयोग गरिएको छ। जसले त्यस भेगको गौरवमय शहरी लोककलाको प्रतिनिधित्व गर्दछ। तर बिडम्बना, यो सँस्कृति पनि अरु स्थानीय सँस्कृति एवं परम्पराहरु जस्तै बाह्य साँस्कृतिक अतिक्रमणबाट प्रभावित हुँदै गएको छ ।

कविता

म्यानेकेन सभ्यता

समुन्नत सतहमा एकत्रित मस्तिस्कहरु क्रमशः  ताछिनेछन् ।

धर्म, सँस्कृति र सभ्यताको अचानोमा राखि 

बगरेहरुले फेरि टुक्राटुक्रा पार्नेछन् । 

स्वतन्त्रता र अस्तित्वका लागि चिच्याउने गलाहरु 

निर्ममतापूर्वक निमोठिनेछन् ।

तिमी टुक्रनेछौ, म टुक्रनेछु र हामीहरु टुक्रनेछौँ ।

हाम्रो पहिचान निर्जन मरुभुमिमा छरिनेछ ।

इतिहास तर्साउने हिटलरहरुका भीमकाय हातहरुले 

युगौँका लागि फेरि थिच्नेछन् । 

फेरि एकपटक स्टालिनहरुको ठाडो आदेशमा

फासिस्टहरुको कुरुप हातहरुवाट हाम्रो दाहसंस्कार गरिनेछ ।

दानव दाँतहरुले हाम्रा मासंपेशीका प्रत्येक त्यान्द्राहरु लुछ्नेछन् ।

मानव अस्तित्वका लागि मात्र हामीहरुलाइ उभ्याइनेछ ।

र कुरुप म्यानेकेनका रुपमा विकसित गरी

मानव सभ्यताको कथित नयाँ खोल ओडाइनेछ ।

म्यानेकेन सभ्यता हामीलाई अपाच्य हुनसक्ला ।

तर, हिटलर र स्टालिनहरुले बुख्याँचा बनाई 

हाम्रो आँगनमा गाड्नेछन् ।

र हामीलाई म्यानेकेनयुगीन जीव बन्न बाध्य बनाउनेछन् ।

म्यानेकेन युगिन जीवको रुपमा हाम्रो बयान इतिहासमा गरिनेछ ।

फेरि एकपटक हामी अजन्ताका अँध्यारा भित्ताहरुमा 

आफ्नो पहिचान कोर्न प्रयेत्न गर्नेछौँ ।

दाभिन्चिहरु अन्तिम भोजको निर्माणमा जुट्नेछन् । 

अनि पिकासोको जन्म हुन्छ र ग्वर्निकाको पुर्ननिर्माण हुन्छ । 
तर एक काल्पनिक दन्त्यकथाको रुपमा ।

किनभने यस युगमा अजन्ताका अँध्यारा गुफाहरु

नागासाकी र हिरोसिमाका तीता अतित सम्झाउने 

भग्नावशेषमा परिणत गरिनेछ ।

दाभिन्चि र पिकासोहरु भ्रुण अवस्थामा नै मारिनेछन् ।

जुपिटर प्रधानको कलामा सानैदेखि रुची थियो । उनी विशेष शिल्प कलामा ध्यान दिन्थे । पिता साहित्यकार र हजुरबुवा भुवनलाल प्रधान पनि इतिहासविद् तथा कला मर्मज्ञ भएकाले सानैदेखि यिनमा कला र साहित्यसँग साइनो गाँसियो ।

एसएलसी उत्तीर्ण गरेपछि इन्जिनियरिङ पढ्ने अभिलाषा बोकेका थिए, तर भर्ना भए अमृत साइन्स क्याम्पसमा । रुचीको विषय पढ्न नपाएकाले विज्ञानमा यिनले राम्रो गर्न सकेनन्। उनमा चित्रकलाको नशा चढेको थियो । जुन देखेर पिताले आफूलाई निकै हौस्याएको यिनको सम्झनामा छ । कला सिक्न भनी सिर्जना कलेज पुगेका जुपिटरलाई त्यहाँ पनि प्रवेश परीक्षा दिनुपर्ने थाहा भयो । उनी त्यसपछि परीक्षा नै नदिई बाहिरिए । त्यसपछि  पिताकै दवाबमा २०५४ सालमा ललित कलामा क्याम्पसमा भर्ना हुन पुगे ।

अनेकौं पटक सामूहिक र एकल कला प्रदर्शनी गरिसकेका जुपिटरले कलाको सर्वाङ्गीण विकासका लागि ‘स्पेस ए’ नामको संस्था पनि खोलेका छन् । क्याम्पस प्रवेश गरे लगतै यिनी विभिन्न कला प्रतियोगितामा कला कार्यशालामा भाग लिन सुरू गरे। केही समय विद्यार्थी राजनीतिमा पनि सक्रिय रहे । प्रमाणपत्र तह पास गरेपछि स्नातकसम्म आइपुग्दा यिनमा कलाका बारेमा मानसिक उथल पुथल सुरू भइरहेको थियो। यिनी परम्परागत भन्दा बेग्लै किसिमले आफ्ना सिर्जनालाई अगाडि बढाउन चाहन्थे, तर क्याम्पसमा उही पुरानै ढर्राको अध्यापन शैलीमा पढ्नुपर्ने बाध्यताले यिनी निराश हुँदै गए। नयाँ सोच र अध्यापन शैलीका बारेमा बेलाबेलामा यिनको प्राध्यापकसँग बैचारिक बहस नै चल्थ्यो। 

स्नातकपछि स्कूलको व्यवसायमा सरिक हुँदै गर्दा बाङ्लादेशमा सामूहिक कला प्रदर्शनी गर्ने निमन्त्रणा आयो। त्यहाँ उनलाई विश्वविद्यालय घुम्ने र वातावरण बुझ्ने अवसर मिल्यो। प्रदर्शनीका लागि सँगै गएकी अर्की कलाकार सौरगङ्गा दर्शनधारीको विशेष अनुरोधमा यी दुवै त्यहीँकै विश्वविद्यालयमा स्नातकोत्तर तहमा भर्ना भए।


सधैं नयाँ सोच र शैलीमा काम गर्न रूचाउने हुदाँ त्यहाँ यिनले निकै प्रयोग गर्न पाए। विशेष गरी बाङ्लादेशको जीवन शैलीबाट प्रभावित जुपिटरले त्यहीको जीवन शैली र कच्चा सामग्रीलाई नै आफ्नो कला प्रस्तुतिको माध्यम बनाउन थाले। स्नातकोत्तर तह उत्तीर्ण गरेर नेपाल फर्कंदा आफ्नो साथमा विशिष्ट श्रेणीको प्रमाण –पत्रसहित सर्वोत्कृष्ट भई फर्किए ।

https://freshnewsnepal.com/news-details/19799/2021-06-05?fbclid=IwAR1xxEGXJmgN7RLen5B6zzNFynUJJ-gy0EruDN9f9R7jvE-Rz9EiL7klLvA

Collaborative video art project “2gatherApart”

Ghosting

A part of collaborative video art project, “2gatherApart”, part 17

Red Alert

A part of collaborative video art project, “2gatherApart”, part 16

The Runner

भर्खरै आँखा खोलेको थिएँ
सुनें …………………….
दौड-दौड ! सबै कहाँ पुगिसके !

अत्तालिदै, तछाड-मछाड गर्दै
दौडदै गरेको एक हुल …….

त्यहि हुललाई देखाउदै
मलाई दौडन भनियो, ……… दौड-दौड !
म पनि आँखा चिम्लिएर दौडें

लाग्यो! भौतिक अस्थित्वको प्रश्न छ
र डार्विको जीवन संघर्षको सिध्दान्त सम्झें
अनि बेतोड दौडिएँ

एकलाई पछारें, अर्कोलाई लछारें
कसैको खुट्टा ताने, कसैको बुइ चढे
कोहीलाई हिलाम्मे हुनेगरी ढालियो
कोहि धुलाम्मे हुनेगरी ढले

कति कराए-चिच्याए , छटपाटीए
म भने रोकीइन , निरन्तर आगाडी बढीरहें
गर्बसाथ दौडी रहें, बिना प्रतिस्पर्दी …

तर एकाएक निरस लाग्यो दौड
बिरानो लाग्यो भुमि
………..

फर्किएर हेरें!
सबै घाइते थिए, हिलाम्मे थिए, धुलाम्मे थिए

अरु नजिक गएर हेरें

….. तर यो के ?

चिच्याउदै-कराउदै, छटपटीदै गरेको धुलाम्मे-हिलाम्मे हूलमा
म मेरै अनुहार मात्र देख्छु! मलाई मात्र पाउछु!
म नै चिच्याउदै छु, म नै कराउदै छु
धुलाम्मे-हिलाम्मे भै छटपटाइ रहेछु

ति स्वरहरु अझै गुन्जदैछन् – दौड-दौड !

अब म अरु कसरि दौडन सकुँलार ?
खोइ! म आफैलाई पराजित गरि,
आफै बिजयी कसारी हुनसक्छु?

The walking death 21

Rickshaw art of Bangladesh

“Hope is growing” (COVID-19 , Nepal)

Shanghai International Art Exchange 2019

Shanghai, China

74687814_385525602332200_490110151349501952_n 72604742_1511218062362558_7090476064887013376_n72982476_2556973784396406_2240780448022134784_n 73198531_436439090409975_4113365899652628480_n73251425_424330364894414_3046533063124189184_n 73300741_555462291868985_4645259459952640000_n73364334_531932937374585_2272960752480419840_n 73415954_409761929698988_7942215079510933504_n74269993_503831757125525_7867727255537975296_n 74614811_630497567480929_692541086815485952_n74965974_2232827757016662_8287943316725563392_n 75497678_417351189217695_5330993375791284224_n

म्यानेकूइन सभ्यताका नकाेरिएका अनुहारहरू

The unadulterated faces of the Mannequin civilization

Solo Painting and Print exhibition

GG Machhan, Pulchok, Lalitpur, Nepal

September-October 2019

12th Painting Brochure_Jupiter Rana_Art@GG 201969734888_2173247709651465_181915985521934336_n 69790303_677927566060347_3028143177098854400_n69819313_674751729712262_1639010544365076480_n 69987737_2376241379362617_7642586835113213952_n71000001_584360725429604_1108173601854455808_n

untitled

I am your people

Installation at Himalayan art festival 2019, Kathmandu

Saving My Baby Girl